
काठमाडाैं । बैंक तथा वित्तिय संस्थाका ऋणीलाई कर्जा नतिर्न उक्साएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध देवीप्रसाद संग्रौलालाई पक्राउ गरेकाे हाे ।
झापा घर भइ भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६, बस्दै आएका संग्राैलालाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



















