
काठमाडौं । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर –३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।
























