
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का १ जना युवालाई तमोर नदीले सोमबार अपरान्ह बगाएको छ ।
नहाउने क्रममा तमोर नदीले बगाउँदा २५ वर्षीय लाक्पा शेर्पा बेपत्ता भएका हुन् । फुङ्लिङ नगरपालिका–१ मा नुहाउने क्रममा उनलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका शेर्पा सेवालुङ क्रसरका ट्याक्टर चालक हुन् । प्रहरीले खोजी तीव्र पारिएको र हालसम्म फेला पार्न नसकिएको जनाएको छ ।

























