विद्यालय शिक्षा विधेयकको विवाद पेचिलो

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १७:२०

काठमाडौं । प्रतिनिधिसभामा पठाउने अन्तिम अवस्थामा रहेको विद्यालय शिक्षा विधेयकको विवाद पेचिलो बनेको छ । शिक्षा समितिबाट आज विधेयक पास गर्ने तयारी थियो । तर शिक्षामन्त्री रघुजी पन्तले छलफल स्थगित गर्न प्रस्ताव गरेपछि विवाद पेचिलो बनेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएलगत्तै उनले बैठक स्थगित गर्ने प्रस्ताव गरेका थिए । त्यसपछि सांसदहरुले उनको प्रस्तावको विरोध गरे ।रास्वपा सांसद सुमना श्रेष्ठ, कांग्रेस सांसद डिग बहादुर लिम्बु, माओवादी केन्द्रका सांसदद्वय देवेन्द्र पौडेल, रेखा शर्मा, एमाले सांसद दीपा शर्मा, ज्ञानु बस्नेत सुवेदी लगायतले आजै पास गर्नेगरी छलफल अघि बढाउन दबाब दिएका छन् ।

विधेयकका केही विषयमा शिक्षक महासंघका नेताहरूसँग सहमति जुट्न सकेको छैन । शिक्षकहरूले असार १५ गतेसम्म विधेयक पारित गराउन डेटलाइन दिएका थिए । तर सरकारले पास गर्न सकेन ।

शिक्षक महासंघले महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ । जुन विषयमा सहमति जुट्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.