१२ दिनकाे युद्धमा इरानमा ९३५ जनाले ज्यान गुमाए

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १७, मंगलबार ०८:३२

काठमाडाैं । इजरायलसँग भएको १२ दिन लामो युद्धमा इरानमा कम्तीमा ९३५  जना नागरिककाे मृत्यु भएकाे छ । इरानी सरकारी सञ्चारमाध्यम युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरेको हो ।

“सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना शहीदको पहिचान गरिएको छ,” न्याय परिषद्का प्रवक्ता असगर जहाङ्गीरलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरनाले जनाएको छ । मृतकमध्ये १३२ जना महिला र ३८ जना बालबालक रहेका छन् ।

Advertisement

इरानका अनुसार जुन १३ गते इजरायलले इरानका सैनिक शिविर, आणविक अनुसन्धान स्थल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी बम आक्रमण सुरु गरेको थियो । ती आक्रमणमा उच्चपदस्थ सैनिक अधिकृतहरू र वैज्ञानिकहरूको मृत्यु भएको उल्लेख गरिएको छ ।

इरानले पनि जवाफी कारबाहीस्वरूप मिसाइल र मानवरहित विमान प्रयोग गरी इजरायलका प्रमुख सहरहरूमा आक्रमण गरेको थियो। इजरायली अधिकारीहरूका अनुसार ती कारबाहीमा २८ जनाको मृत्यु भएको थियो । दुवै देशबिच जुन २४ गते युद्धविराम लागू भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.