डाक्टरको दर्ता खारेजी

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार ०८:२३

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी राहदानी लिएका १९ जना नेपाली डाक्टरको दर्ता खारेज गरेको छ ।

काउन्सिलले सूचना जारी गर्दै नेपाली नागरिकता त्यागेर विभिन्न देशका पासपोर्ट लिएका चिकित्सकहरूको दर्ता स्वतः खारेज गरिएको जनाएको हो । सूचनाअनुसार उनीहरूले ब्रिटिश, क्यानेडियन, अमेरिकी, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता तथा राहदानी प्राप्त गरेका थिए ।

नेपालमा प्रचलित कानुनअनुसार नेपाली नागरिकता त्यागेपछि मेडिकल अभ्यासका लागि आवश्यक दर्ता कायम नरहने व्यवस्था अनुसार यो निर्णय गरिएको काउन्सिलले स्पष्ट पारेको छ । दर्ता खारेज हुने चिकित्सकहरूमा सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती रानाभाट, रमेश राज पहारी, सन्जोक घले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ लगायत रहेका छन् ।

त्यसैगरी, सुनिता विष्ट, दीपा मल्ल, सौरव जीसी, जेनिशा श्रेष्ठ, प्रभास रेग्मी, दीपिका ज्ञवाली, हेमु चौरसिया, समीक्षा शर्मा र मनोरमा पाण्डेको पनि दर्ता खारेज गरिएको हो । काउन्सिलले यस्तो कदम चिकित्सा पेसाको कानुनी तथा नैतिक मापदण्ड कायम राख्न आवश्यक भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×