बिर्तामोड प्रहरीले सम्बन्धित धनीलाई बुझायो चोरी भएका मोबाइल

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १७, मंगलबार १३:१०

विराटनगर । झापाको इलाका प्रहरी कार्यालय बिर्तामोडले विभिन्न समयमा हराएका मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

चोरी भएका २७ वटा मोबाइल फेला पारेर सम्बन्धित धनीलाई सोमबार हस्तान्तरण गरिएको डीएसपी विजय श्रेष्ठले बताए । उनका अनुसार मोबाइल चोरी हुने र प्रहरीमा उजुरी पर्ने क्रम बढेको छ ।

तर, चोरी भएका मोबाइल धामधम फेला पारेर प्रहरीले आवश्यक प्रमाणका आधारमा धनीलाई बुझाउने काम पनि गरिरहेको छ । प्रहरीले नागरिकको गुनासो, सीसी क्यामेरा फुटेज तथा प्रविधिको सहायताबाट चोरीका मोबाइल फेला पार्ने गरेको हो ।

चोरीमा संलग्नलाई पनि पक्राउ गरेर प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । डीएसपी श्रेष्ठका अनुसार सम्बन्धित धनीले आफ्नो सामानको सुरक्षामा ध्यान दिँदा चोरीका घटना हुन पाउँदैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.