थाइल्यान्डमा प्रधानमन्त्री निलम्बन, सिनावात्रा परिवार फेरि सत्ताबाट पछारिने खतरा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १७, मंगलबार १४:०१

एजेन्सी। कम्बोडियासँगको विवादलाई लिएर थाइल्यान्डमा राजनीतिक भुइँचालो आएको छ । प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा मंगलबार निलम्बनमा परेपछि थाइल्यान्डको सत्ता संरचना फेरि एकपटक डगमगाएको हो ।

मुलुकको संवैधानिक अदालतले सीमा विवादका क्रममा मन्त्रीस्तरीय नैतिकता उल्लंघन भएको आशंकामा उनलाई पदमुक्त गर्दै अनुसन्धान प्रारम्भ गरेको हो । सत्तामा आएको १ वर्ष नपुग्दै ३८ वर्षीया पेटोङटार्नले सैन्य सत्ताको गहिरो शत्रुताको सामना गर्नु परेको छ । उनको परिवार, विशेषतः उनका बुबा र पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा विगत २ दशकदेखि थाइल्यान्डको परम्परावादी सत्ता केन्द्रका लागि चुनौती मानिँदै आएका छन् ।

Advertisement

त्यसपछि पेटोङटार्नले सत्ता सम्हालिन् । प्रधानमन्त्रीको कुर्सी उनले सम्हालेयता राजनीतिक द्वन्द्वको अर्को अध्याय सुरु हुने निश्चित भइसकेको थियो ।

कम्बोडियासँग सीमा क्षेत्रमा भएको सैन्य झडप र त्यसपछिको कूटनीतिक व्यवहारकै कारण उनलाई अहिले प्रधानमन्त्री पदबाट निलम्बन गरियो । झडपमा १ जना कम्बोडियाली सैनिक मारिएपछि तनाव बढेको थियो । यसैबीच, लिक भएको एक गोप्य अडियोले परिस्थिति जटिल बनायो ।

गोप्य बैठकको रेकर्डिङमा प्रधानमन्त्री पेटोङटार्नले कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ सम्बोधन गरेकी थिइन् । त्यही वार्तामा उनले थाइल्यान्डका १ वरिष्ठ सैन्य अधिकृतलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको पनि सुनिएको छ । यही अभिव्यक्तिले संसद, सेना र शाही पक्षलाई आक्रोशित बनायो ।

यसपछि रूढीवादी सांसदहरूले उनलाई देशको प्रतिष्ठा घटाएको, सेना कमजोर बनाएको र संवैधानिक नैतिकता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरे । अदालतले त्यही मागअनुसार अनुसन्धान अघि बढाएको हो । अदालतले स्पष्ट रूपमा लेखेको छ, ‘पेटोङटार्नलाई जुलाई १ देखि संवैधानिक अदालतको निर्णय आउञ्जेलसम्म प्रधानमन्त्रीको कार्यभारबाट निलम्बन गरिन्छ ।’

यही काण्डकै कारण उनको पार्टी ‘फेउ थाई’ ले १ जना मुख्य गठबन्धन साझेदार गुमाइसकेको छ । पार्टीभित्र असन्तोष बढेको छ । बाहिर जनविद्रोहले चर्को रूप लिएको छ । यसअघि हजारौँ प्रदर्शनकारीले बैंककका सडकमा उत्रिएर उनको राजीनाको माग गरेका थिए ।

राजनीतिक संकट बढ्दै गएपछि मंगलबार थाई राजाले मन्त्रिपरिषद् पुनर्गठन अनुमोदन गरेका छन् । पेटोङटार्नले आफूलाई संस्कृति मन्त्रीको जिम्मेवारी तोकेको जनाइएको छ । यो निर्णयलाई केहीले ‘सत्ता जोगाउने प्रयास’ भनेर व्याख्या गरेका छन् । तर, संवैधानिक अदालतको अनुसन्धान जारी रहँदा उनले नयाँ पद सम्हाल्न पाउने कि नपाउने भन्ने अझै अन्योलमै छ ।

उता, पेटोङटार्नमाथिको निलम्बनको झट्कासँगै उनका बुवा थाक्सिन सिनावात्रा पनि न्यायिक फन्दामा तानिएका छन् । मंगलबार उनी बैंककको १ विशेष अदालतमा शाही मानहानिसम्बन्धी मुद्दामा उपस्थित भए । सन् २०१५ मा दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्तामा थाई राजतन्त्रप्रति दिएको भनिएको टिप्पणीका कारण उनीमाथि अब राजद्रोहको मुद्दा चल्नेछ ।

यदि दोषी ठहरिए उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । अदालतले मिडियालाई भित्र छिर्न नदिए पनि थाक्सिनको मुद्दा औपचारिक रूपमा सुरु भइसकेको छ । उनका वकिल विन्यात चाटमोन्ट्रीले अदालत बाहिर भने, ‘म उहाँको भावनाका बारेमा ठोकुवा गर्न सक्दिनँ । तर, उहाँ शान्त देखिनु हुन्थ्यो ।’

सिनावात्रा परिवार थाइल्यान्डको राजनीतिमा सुधारवादी धारको प्रतिनिधित्व गर्छ । तर, यो परिवारलाई विगतदेखि नै शाही र सैनिक शक्तिले ‘संवैधानिक व्यवस्था र परम्पराको खतरा’ भनेर हेर्दै आएका छन् ।

राजनीतिक विश्लेषक थिटिनान पोङ्सुधिरकको विश्लेषणमा, ‘दुबै घटना प्रधानमन्त्रीको निलम्बन र थाक्सिनमाथिको मुद्दा आपसमा गहिरो सम्बन्धित छन् । सिनावात्रा ब्रान्ड अहिले गम्भीर संकटमा छ ।’

थाइल्यान्डको समकालीन राजनीतिमा यति ठूलो व्यक्तिगत र पारिवारिक हमला सायदै पहिले देखिएको थियो । यो क्रम यतिमै थामिने छैन भन्ने स्पष्ट छ । अदालतको अन्तिम निर्णय आउन बाँकी छ । थाक्सिनमाथिको मुद्दा हप्ताौँसम्म चल्नेछ ।

तर, यतिबेला चाहिँ राजनीतिक संकटको केन्द्रमा पेटोङटार्न मात्रै नभएर सिंगो सिनावात्रा वंश एकैचोटी घेरिएको छ । थाइल्यान्डको शक्ति सन्तुलन फेरि एकपटक सिनावात्राविहीन बन्ने संकेत देखिन थालेको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज घटनापछि माहोल भड्किनुमा सत्तारुढ सांसदकै भूमिका, सरकारको कमजोरीले बढ्यो तनाव
देवानगन्ज घटनाको विरोधमा आगजनी र तोडफोड, आधा दर्जन बढी पसलमा क्षति
कप्तानगन्ज घटनाको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध
देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन
ससुरालीमा श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान् पक्राउ
ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ
सुनको मूल्यमा घट्याे
सुनको मूल्यमा घट्याे
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×