कुलिङ पिरियडमाथिको घात छानविन हुर्नुपर्छ : कांग्रेस

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १७, मंगलबार १७:३९

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको कुलिङ पिरियडको प्रावधान हटाउने कार्यको छानविन गर्नु पर्ने सत्तारुढ दल नेपाली कांग्रेसले बताएको छ । कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै कांग्रेसले छानबिन हुनुपर्ने बताएको हो ।

केन्द्रीय कार्य सम्पादन समितिको मंगलबारको बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी का प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडको प्रावधान तलमाथि गर्ने विषयमा छानबिन हुनुपर्ने बताएका हुन् ।

कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरूको धारणा रहेको र त्यही हिसाबले सर्वसम्मतिबाट राखिएको बताए । पदको दुरुपयोग गरेर काम भएकाले छानबिन हुनुपर्ने बताए ।

‘कुलिङ पिरियड राख्नुपर्छ नै भन्ने हाम्रो धारणा हो । त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो । त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरूले दफावार पढ्नुभएन । विश्वासघात भयो,’ उनले भने,‘जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ । सरकारले सच्याएर संशोधन गर्नुपर्छ । दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.