काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन र कारबाही हुनुपर्ने माग गरेका हुन् । ‘यो सानोतिनो षड्यन्त्र होइन । संसदलाई बदनाम गर्ने गरी ठूलो षड्यन्त्र भएको छ,’ सांसद पाण्डे भन्छन् ‘यसलाई यसै छाड्न हुँदैन । उच्चस्तरीय संसदीय छानबिन समिति बनाएर छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ ।’
यस विवादमा सभापतिदेखि सबैमाथि छानबिन र दोषीमाथि कडा कारबाहीको विकल्प नभँएको उनले बताउ । उनले विधेयक तयार हुँदै गर्दादेखि नै अनेक अड्चन आएको स्मरण गर्दै यसमा गम्भीर षड्यन्त्र भएको पाण्डेले बताए ।