पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवा सुविधा फिर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार १६:३१

काठमाडौ । नेकपा (एमाले)को राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकी छन् ।

पूर्वराष्ट्रपतिको हैसियतामा लिँदै आएको सुविधा फिर्ताका लागि उनले बुधबार निवेदन दिएकी हुन् । उनले बुधबारबाटै लागू हुनेगरी सेवा सुविधा फिर्ताको घोषणा गरेकी छन् ।

Advertisement

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ । भण्डारीले गत १४ असारमा औपचारिक रुपमा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् ।

उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी छिन् । भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै एमालेमा नयाँ नेतृत्वको बहस पनि सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.