‘कुलिङ पिरियड’ प्रकरण : सभामुखले थाले परामर्श

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार १९:५६

काठमाडौं । पेचिलो बन्दै गएको कुलिङ पिरियड प्रकरणमा छानबिन समिति बनाउने विषयमा सभामुख देवराज घिमिरेले परामर्श थालेका छन्।

संसदमा रहेका शीर्ष दलका प्रमुख सचेतकहरूसँग घिमिरेले छलफलसमेत गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन समितिका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेपछि घिमिरेले मोडालिटी र टीओआरबारे छलफल गरेका हुन्।

Advertisement

छलफलमा समितिका सभापति रामहरि खतिवडा, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए। प्राधनमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि प्रमुख दलका शीर्ष नेताहरूसँग समेत परामर्श गरेर अगाडि बढ्न सभामुख घिमिरेलाई उनीहरूले सुझाव दिएका थिए।

संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखीकरणका लागि तोकेको सभामुखलाई जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.