सेनाका सहायक रथी र मेजर बर्खास्त

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार १७:३३

काठमाडौं । नेपाली सेनाले सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई बर्खास्त गरेको छ ।

सैनिक मुख्यालय स्राेतका अनुसार सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको घटनामा कोर्ट अफ इन्क्वायरी पछि बिहीबार खड्का र कार्कीलाई बर्खास्त गरेको हो ।

कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८–७९ र ०७९–८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन भएको थियो ।

प्रारम्भिक जाँचमा कैफियत देखिएपछि केही सैनिक अधिकारीहरुलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर छानबिन अघि बढायो । छानविनमा मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.