दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्ने आदेश

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार १७:३९

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ ।

साइबर अपराध मुद्दा दर्ता भएपछि पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका थिए । न्यायाधीश खेमराज भट्टराईको इजलासमा थुनछेक बहसपछि २५ हजार धरौटीमा छाड्ने आदेश भएको हो ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो । प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । पाठकले हिल्टन होटलकाे सेयर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले खरिद गरेको भनी समाचार बनाएपछि साइबर ब्यूरोमा उजुरी परेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.