धरानमा बसको डिकीभित्र भेटियो गाँजा, २ जना पक्राउ

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २०, शुक्रबार १०:५३

विराटनगर । धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसको डिकीभित्र गाँजा फेला परेको छ ।

बा प्र ०१–००६ ख ६२६८ नम्बरको बस धरान उपमहानगरपालिका–१३ मा रोकेर बिहीबार साँझ प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा बसको डिकीभित्र रहेको २ वटा सुटकेसमा लुकाइछिपाइ ल्याएको अवस्थामा ५० किलो गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

उनका अनुसार गाँजा बरामद भएसँगै बसमा यात्रा गरिरहेका भोजपुरको पौवादुङमा गाउँपालिका–६ का ३६ वर्षीय जीवनराज राई र ३१ वर्षीय आरएन राईलाई पक्राउ गरिएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.