तस्करसँगको भिडन्तमा ६ जना प्रहरी घाइते

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २०, शुक्रबार ११:२९

जनकपुरधाम । सशस्त्र प्रहरी र तस्करबीच बिहीबार साँझ भिडन्त हुँदा ६ जना प्रहरी घाइते भएका छन् । घाइते भएका सबै सशस्त्र प्रहरी हुन् ।

धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमानजिक भिडन्त भएको हो । सशस्त्र प्रहरी बलका एसपी निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरी पुगेको थियो ।

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करको समूह आक्रमणमा उत्रिएको एसपी खड्काले बताए । उनका अनुसार घरेलु हतियार, भाटा र ढुंगामुढासहित सशस्त्र प्रहरीमाथि आक्रमण हुन थालेपछि नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको थियो ।

घाइते प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ४ राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.