लाइसेन्सको सेवा बन्द

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २०, शुक्रबार १३:५०

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सबन्धित सेवाहरू बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएको उल्लेख गरेको छ । विभागका अनुसार समस्या आएपछि सेवा बन्द गर्नु परेको हो ।

सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको विभागले उल्लेख गरेको छ । समस्याको समाधान कार्य भइरहेको र अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सबै सेवाहरू बन्द रहने विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.