काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन आयो भने सभापति पद छाड्न तयार रहेको बताएका छन् ।
हेरफेर गरवेर ‘कुलिङ पिरियड’को व्यवस्था पारित भएपछि खतिवडा विवादमा तानिएका थिए । संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधानसहित ‘कुलिङ पिरियड’को व्यवस्था प्रतिनिधिसभाबाट पारित भएको थियो ।
सांसदहरुले उनको राजीनामा माग गरिरहेका छन् । कांग्रेसको शुक्रबारको बैठकमा खतिवडाले भने, ‘सभापतिको हैसियतमा मेरो गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’
बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न उनले आग्रह गरे । समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न तयार रहेको उनको भनाइ छ ।