स्वदेश फर्किए प्रधानमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २०, शुक्रबार १७:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किएका छन् । स्पेन भ्रमण सकेर उनी फर्किएका हुन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी ओलीसहितको टोली असार १४ गते स्पेन गएको थियो । स्पेनको सेभिया सहरमा आयोजना भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा ओलीले भाग लिएका थिए ।

Advertisement

सम्मेलन र भेटघाट गरेर स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा ओली स्वदेश फर्किएका हुन् । उनीसहितको २१ सदस्यीय टोली केहीबेर अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.