
विराटनगर । झापामा साथीहरुसँग पौडी खेल्न गएका १ जना बालकको डुबेर शनिबार मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका–२ महारानी चोकका अन्दाजी १३ वर्षीय बालक अर्पण लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रपुर–३ स्थित देउनिया खोला र मेची दोभानमा पौडी खेल्ने क्रममा दिउँसो ३ बजेतिर बालकको मृत्यु भएको हो ।
बालक साथीहरुसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डुबेर मृत्यु भएको अवस्थामा बालकको शव फेला परेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























