काठमाडौं । संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको परिवर्तनको छानबिनका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि छानबिन समिति बनाउने निर्णय भएको हो । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार समिति ७ सदस्यीय रहनेछ ।
जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २–२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १–१ जना सदस्य रहनेछन् ।
बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो । समिति सदस्यको नामावली सोमबार सार्वजनिक हुनेछ ।