विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विचौलिया व्यापारी, नेता, कर्मचारी र न्याय क्षेत्रको अघोषित गठबन्धनले देश संकटमा गएको बताएका छन् । शनिबार राप्रपा विराटनगर महानगर अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
विचौलिया व्यापारीले नेतालाई योजना दिने, कर्मचारीले स्रेस्ता मिलाउने र न्याय क्षेत्रले सदर गरिदिने प्रवृतिले देश बर्बाद भइरहेको उनको तर्क छ ।
कांग्रेस, एमाले र माओवादी फरक फरक पार्टी भएपनि देशलाई संकट तर्फ ढकेल्नका लागि एकै ठाउँमा उभिएको उनको आरोप छ ।
उनले देशमै बसेर गरी खाने वातावरण निर्माण गर्ने पार्टी राप्रपा नेपाल भएको बताए ।