विराटनगर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा एकै परिवारका चार जनाको हत्या भएको छ ।
रामप्रसाद राई गाउँपालिका –२ को धोद्लेखानी बोन्थिताङमा चार जनाको सामूहिक हत्या भएको हो । एक जना गम्भीर घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर परिवारका चार जनाकाे हत्या गरेका हुन् ।
राजेन्द्रले नै हत्या गरेको छु भनि प्रहरीलाई खबर गरेका थिए । उनी पनि घाइते छन् । उनकाे पेटमा गहिराे चाेट छ ।
प्रहरीका अनुसार राजेन्द्रकी १६ वर्षीय श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरी, ससुरा ६२ वर्षीय बेलबहादुर गिरी र १० वर्षीय सालो हत्या भएको अवस्थामा शव फेला परेको हो ।
घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार राजेन्द्रले बेलबहादुरकी छाेरीसँग एक वर्षअघि प्रेम विवाह गरेका थिए । पारिवारिक कारणले हत्या गरेकाे देखिएकाे प्रहरीले बताएकाे छ ।