सुनसरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २२, आइतबार ०९:१४

विराटनगर । पौडी खेल्ने क्रममा डुबेर सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जब्दीमा दुई बालकको मृत्यु भएको छ । स्थानीय मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर दुई बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) को मृत्यु भएको हो । शनिबार पौडी खेल्न गएका उनीहरु डुबेका थिए । उद्दार गरी अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.