सर्पले डस्दा झापामा एक बालकको मृत्यु

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २२, आइतबार १५:४१

विराटनगर । विषालु सर्पले डस्दा झापामा एक बालकको मृत्यु भएको छ । कमल गाउँपालिका- ४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो ।

शनिबार राति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको थियो । सर्पले टाेक्दा उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

बालकको मृत्युपछि घर आँगनमा खोजेर दुईवटा सर्प मारेका थिए । ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमासंगै बस्दै आएका थिए । उनका बुवा वैदेशिक रोजगारीमा  गएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.