संसदमा रास्वपाको अवरोध कायमै

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १४:२४

काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (सोमबार) पनि अवरोध गरेको छ ।

रास्वपाले यसअघिदेखि नै संसद अवरोध गर्दै आएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद अवरोध गरिरहेको हो ।

रास्वपा सांसदहरू आज पनि रोस्ट्रम अघि उभिएर अवरोध गरेका थिए । सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।

रास्वपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि संसद बैठक बहिष्कार गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.