प्रधानमन्त्रीले गराए स्पेन भ्रमणबारे संसदलाई जानकारी

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १५:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सोमबार संसदलाई जानकारी गराएका छन् ।

संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि ओलीले प्रतिनिधिसभालाई भ्रमणबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओली असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएर यही असार २० गते स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास छ। सम्मेलनमा आफ्नो सहभागीताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुको साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसंघको सहकार्य अझ बलियो हुने विश्वास प्रधानमन्त्रीको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.