‘कुलिङ पिरियड’ छानबिन समितिको संयोजकमा परियार

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १७:४४

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समिति गठन भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले संघीय निजामती सेवा विधेयकमा उल्लेख ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो । सभामुख देवराज घिमिरेले गरेको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।

समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार रहेका छन् । समितिमा कांग्रेसबाट परियार र सुशीला थिङ तथा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की रहेका छन् ।

निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको छ । समितिको प्रतिवेदनमा छेडखानी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानुन बमोजिम कारबाही पर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको सभामुख घिमिरेले बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा २ वर्ष ‘कुलिङ पिरियड’को व्यवस्था राखिएको थियो ।तर, प्रतिनिधिसभा बैठकबाट विधेयक पारित हुँदा ‘कुलिङ पिरियड’मा ‘बाहेक’ शब्द छिराइएको थियो । त्यसलगत्तै विभिन्न दलका सांसदहरूले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.