सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुको शपथग्रहण सकियो

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार १२:४३

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ३ जना न्यायाधीशहरुको शपथग्रहण सकिएको छ । उनीहरुले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले पद तथा गोपानीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले शपथ खुवाएका हुन् ।

न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार ३ जनालाई नै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए । शपथपछि मंगलबारलाई ३ जनाकै इजलाससमेत तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.