
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न रसुवातर्फ लागेका छन् ।
चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण रसुवालगायतमा ठूलो जनधनको क्षति भएको छ । उक्त क्षतिको अवस्था बुझ्न र निरीक्षणका लागि प्रधानमन्त्री ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका सरकारी अधिकारी मंगलबार अपरान्ह रसुवातर्फ लागेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए । टोलीले घटनास्थलको अवलोकन पछि राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे आवश्यक निर्णय लिने बताइएको छ ।

























