प्रधानमन्त्रीले गरे बाढीग्रस्त रसुवाको निरीक्षण

Share this
821shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार १९:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।

बाढीले पुर्याएको जनधनको क्षतिको निरीक्षणमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्कालगायत पुगेका थिए । निरीक्षणका लागि प्रधानमन्त्री ओलीसहितको सरकारी टोली नेपाली सेनाको हेलिकोप्टर चढेर बाढीग्रस्त क्षेत्र पुगेको थियो ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । उनले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेको ओलीको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.