झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार १९:४७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्तिको विषयमा लिखित जवाफ दिन भनिएको हो । पार्टी सचिवालयको मंगलबार बसेको बैठकले झाँक्रीको अभिव्यक्तिलाई गम्भीर ठहर गर्दै आत्मालोचना नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

बैठकमा सहभागी अधिकांश नेताले उनलाई पार्टीबाट निष्कासन गर्नुपर्ने धारणा राखेका थिए । केहीले आत्मालोचना गर्ने मौका दिनुपर्ने बताए ।

तर, झाँक्रीलाई कारबाही गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय ७ दिनभित्र आउने बताइएको छ । झाँक्रीले लुम्बिनीमा ‘सिनो बोकेर हिँड्न सकिन्न’ भन्दै अर्ली महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.