बाढीले ४ वटा पुल बगायो, २ वटामा क्षति

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार ०७:३२
फाइल फोटो

मुस्ताङ । लेदोसहित अचानक आएको बाढीले ४ वटा पुल बगाएको छ । बाढीले २ वटामा क्षति पुर्याएको छ ।

उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले पुलमा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब ३ घण्टा भीषण बाढी आएको थियो।

बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलाको एउटा, लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधिन अर्को गरेर २ वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र ३ वटा काठेपुल बगाएको छ ।

उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको १ होटल र लोमन्थाङ–४ स्थित अन्दाजी ४ सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका २ वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । बाढीले मानवीय र चौपाया क्षति भने गरेको छैन ।

घटनास्थलमा खटिएको प्रहरीले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । बाढीको बहाव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा कायमै रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.