उदयपुरमा मोटरसाइकल दुर्घटना, मोरङका राजवंशीको मृत्यु

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार ०८:०९

विराटनगर । उदयपुरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोरङ घर भएका १ जनाको मृत्यु भएको छ ।

बेलका नगरपालिका–८ मा साँझ ५ः४५ बजेतिर दुर्घटना भएको थियो । बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगास्थित टंकीसिनवारी घर भएका ३२ वर्षीय अनिल राजवंशीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा राति ८ः१० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिंलाकी १८ वर्षीया तुलसा कार्की घाइते भएकी छन् । प्रहरीका अनुसार अवस्था सामान्य रहेकी उनको उपचार भइरहेको छ ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.