मोरङको धनपालथानबाट ठूलो परिमाणमा गाँजा बरामद

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार १९:५५

विराटनगर । मोरङको धनपलाथान गाउँपालिकाबाट बुधबार साँझ ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।

धनपालथान–१ स्थित उखुबारीबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार उखुबारीभित्र गाँजा लुकाएर राखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट संयुक्त टोली खटिएको थियो ।

सुरक्षाकर्मीको संयुक्त टोलीले उखुबारीमा लुकाएर राखिएको अवस्थामा २६ बोरा गाँजा फेला पारेको छ । गाँजा कति किलो छ भन्ने यकिन हुन बाँकी छ । तौल लिएपछि परिमाण यकिन हुने डीएसपी चुँडालले बताइन् ।

यो समाचार तयार पर्दासम्म प्रहरी टोली घटनास्थलमै छ । आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.