गुरु पूर्णिमामा प्रधानमन्त्रीको सन्देश : उज्यालो फैलियोस्

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार ०९:४१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गरेका छन् । सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताए ।

‘हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ । गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् ।’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.