
जनकपुरधाम । मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । समग्र प्रदेशलाई नै सुक्खाग्रस्त घोषित गरिएको हो ।
मनसुनको समयमा पनि वर्षा नभएको र धान रोपाइँ प्रभावित बनेको भन्दै प्रदेशको बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले वर्षा नभएर धान रोपाइँ प्रभावित भएको एवं रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको बताए ।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रहसमेत गरेको छ । यस्तै, कृषि क्षेक्रमा त्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आग्रह गरेको छ ।

























