सञ्चारकर्मी सहकारीद्वारा ४ जना पत्रकार पुरस्कृत

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २७, शुक्रबार १७:०५

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसको उपलक्ष्यमा ४ जना सञ्चारकर्मी (पत्रकार)हरुलाई शुक्रबार पुरस्कृत एवं सम्मान गरेको छ ।

संस्थाले १० हजार राशिको मीनादेवी श्रेष्ठ (रासस) महिला प्रोत्साहन पुरकारबाट निशा दाहाल, २१ हजार राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट अनिल श्रेष्ठ, ५१ हजार राशिको ओमप्रकास गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट बन्धु पोखरेल र ५१ हजार राशिको तारेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कारबाट सुभाष ढकाललाई सम्मान गरेको हो । उनीहरुलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पुरस्कृत गरेका हुन् ।

भट्टराईले राष्ट्रको चौथो अंगको रुपमा सत्यताका आधारमा कमल चलाउन सञ्चार क्षेत्रलाई आग्रह गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मीहरु सम्मानित भएकोमा बधाई दिएका छन् ।

मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, सहकारीका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासंघ कोशीकी महासचिव हेमा चेम्जोङ, मोरङ अध्यक्ष सुशीला पाठक, सम्मानित पत्रकार सुभाष ढकाल र डिल्ली पोखरेलले सञ्चारकर्मीले आफनो क्षेत्रमा मर्यादित भएर काम गर्नुपर्ने बताए । विक्रम संवत २०६९ सालमा स्थापित सहकारीमा मोरङमा क्रियाशील १ सय २१ जना सञ्चारकर्मीहरु सदस्य छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.