
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणीराज पाठकलाई श्री ५ महाराजाधिराज नलेख्ने सर्तमा छाडिएको छ ।
पाठकलाई पूर्व राजाको सचिवालय लेख्ने सर्तमा छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
संविधान विपरीत कार्य गरेको आरोपमा शुक्रबार बिहानैदेखि सोधपुछमा रहेका पाठकलाई श्री ५ महाराजाधिराज सम्बोधन नगर्ने सर्तमा छाडिएको हो ।
‘उनलाई परिवारको सदस्यका साथमा संविधानसम्मत शब्दहरू प्रयोग गर्ने गरी पठाइएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले भने ।

























