यस्तो छ आजको मौमस, कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार ०५:५९
६ प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।

देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू–भागका १–२ स्थानमा आज (शनिबार) मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुासर शनिबार देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

सम्भावित वर्षाकका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाका अनुसार वर्षाका कारण ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.