प्रधानमन्त्री पुगे झापा

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार १३:१६

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली २ दिनसम्म विभिन्न कार्यक्रममा सहभागी हुने गरी शनिबार गृहजिल्ला झापा पुगेका छन् । उनी शनिबार र आइतबार झापा एवं इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

चन्द्रगढी विमानस्थलमा ओलीलाई नेकपा (एमाले)का कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतका नेताले स्वागत गरे । एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार प्रधानमन्त्री ओलीले शनिबार नै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्ने छन् ।

साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यक्रम छ । ओलीले शनिबार नै इलाम जिल्लाको माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए ।

ओलीले दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको आइतबार उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । शनिबार र आइतबार विभिन्न कार्यक्रममा सहभागी भएर उनी काठमाडौं फर्किने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.