प्रधानमन्त्रीले वितरण गरे अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार १७:२४

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाका अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन् ।

पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको हो । त्यस अवसरमा ओलीले बृहत् खानेपानी आयोजनाको शिलान्याससमेत गरे ।

इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले ३ तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गरे ।

अब अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा उनको जोड छ । मदन भण्डारी राजमार्ग निर्माणाधीन अवस्थामा रहेकाले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई ओलीको आग्रह छ । उक्त अवसरमा प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.