
काठमाडौं । राप्रपा विवाद बढेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि पार्टीमा विवाद बढेको हो ।
सुवेदी हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् । उनकै नेतृत्वमा राजावादी समूहले आन्दोलन गर्दै आएको छ । असार २५ गते लिङ्देनले सुवेदीलाई हटाएको भन्दै असन्तुष्टि बढेको हो ।
लिङ्देनको यस कार्यले राजावादी आन्दोलनमा लिङ्देनको इमानदारितामाथि नै प्रश्न उठेको राप्रपा इतर समूहको भनाइ छ ।
राप्रपाको इतर समूहको शनिबार भएको भेलाले अध्यक्षले विधान विपरीत सुवेदीलाई हटाएको निष्कर्ष निकाल्दै आइतबार बिहान साढे ११ बजे निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको थियो ।
लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए । प्रवक्ता सगुन लावतीलाई पनि हटाएर थिए ।
लिङ्देनले मनोमानी गर्न थालेपछि महामन्त्री धवलशमशेर राणाको राजधानीस्थित अपार्टमेन्टमा शनिबार असन्तुष्ट समूहको भेला भएको थियो ।
























