कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते 

Share this
825shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार ०९:०६

काठमाडौं । कपिलवस्तुमा आइतबार बिहान बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै बिहान ४ बजेतिर बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएको  प्रहरीले जनाएको छ ।

काठमाडौँदेखि दाङतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ००४५ नम्बरको बस पल्टिँदा घाइते भएका २९ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको छ ।

अन्य घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.