सुनसरीको इनरुवामा घरभित्रै पति–पत्नी मृत फेला

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार १२:२४

विराटनगर । सुनसरीको इनरुवामा आइतबार बिहान आफ्नै घरभित्र पति–पत्नी मृत फेला परेका छन् ।

इनरुवा नगरपालिका–९ बबियाका अन्दाजी ४० वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी ३२ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार बाँसको टाटीबेरा भएको १ तले कच्ची घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा पति मृत फेला परेका छन् ।

पत्नी भने घरको सुत्ने कोठाको ओछ्यानमा मृत फेला परेकी छन् । स्थानीयले घरभित्र दम्पतीलाई मृत फेला पारेपछि आइतबार बिहान ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ डीएसपी योगराज खतिवडा नेतृत्वको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ । मृतक पति–पत्नीकै शव अहिलेसम्म घटनास्थलमै छ ।

सवेताका माइती पक्ष घटनास्थल पुगेपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर शव उठाउने प्रहरीको तयारी छ । एसपी तिम्सिनाका अनुसार सुवेताको माइती मोरङको कदमाह हो । ‘माइती पक्ष र आफन्तलाई घटनाको जानकारी गराइसकिएको छ । उनीहरु आइपुगेपछि थप कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

घटना कसरी भयो भनेर यकिन हुन बाँकी रहेको तिम्सिनाको भनाइ छ । थप अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने उनले बताए । घटनास्थल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट करिब ३ किलोमिटर पूर्व पर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.