
काठमाडौं । सर्वोच्च अदालतले महामन्त्री डाक्टर मुकुल ढकाललाई कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णयको सक्कल फाइल मगाउन आदेश दिएको छ ।
महामन्त्रीबाट हटाइएका ढकालले रास्वपालाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले कारबाहीको सक्कल फाइल मगाउन आदेश दिएको हो ।
पार्टी हित विपरित काम गरेको भन्दै ढकाललाई रास्वपाले महामन्त्रीबाट हटाएको थियो ।
























