शिक्षकले साउन २ गतेसम्म सरकारलाई पर्खने

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार २०:०१

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐनका लागि साउन २ गतेसम्म कुर्ने भएको छ । महासंघको आइतबार बसेको बैठकले शिक्ष ऐनका लागि साउन २ गतेसम्म पर्खने निर्णय गरेको हो ।

‘ २ गतेसम्म पर्खिन्छौं । सोही दिन नै पत्रकार सम्मेलन गर्छौं । शिक्षक महासंघसँग विगतमा भएको सहमति सरकारले लत्याउँदै गएको छ । शिक्षक आन्दोलनको मर्म भावना समेट्न सरकार तयार देखिएको छैन’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘१५ असारभित्र ऐन जारी गर्ने प्रतिबद्धता पूरा भएन । शिक्षा समितिको बैठक पनि अनिश्चित भएको छ । फेरि आन्दोलनको विकल्प देखिएन ।’

सरकार र शिक्षक महासंघ बीच १७ वैशाखमा ९ बुँदे सहमति भएको थियो । सहमति अनुसार असार १५ गते भित्र ऐन जारी गर्ने सहमति भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.