रवि लामिछानेको पक्षमा सिके राउतले गरे हस्ताक्षर

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३०, सोमबार १८:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेको पक्षमा गरेको हस्ताक्षर अभियानमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी भएका छन् ।

डा. राउत सोमबार (आज) रास्वपा मुख्यालय वनस्थली चस्मति नै पुगेर लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर लामिछानेको पक्षमा हस्ताक्षर नगरेको प्रस्ट्याए । हामी पनि न्यायका लागि लड्दै आएका हौँ ।

यो हस्ताक्षर हौसिएर गरेको होइन, बुझेरै हस्ताक्षर अभियानमा सहभागी भएको हो, उनले भने ।

अरू राजनीतिक पार्टीका नेताहरूले हस्ताक्षर नगरिरहेको सन्दर्भमा राउतले भने हस्ताक्षर गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.