नदीमा डुबेर २ जनाको मृत्यु

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार ०७:३२

दाङ । नदीमा डुबेर २ जनाको मृत्यु भएको छ । दाङको बबई नदीमा नुहाउने क्रममा सोमबार दिउँसो डुबेर २ जना बेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा शव फेला परेको हो । तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि ६ जना साथीहरुसँग गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । मृतक दुवै जना तुलसीपुरको कलेजमा अध्ययनरत थिए ।

सुरुमा विधान डुबेका थिए । साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । त्यसपछि कुशल पनि बेपत्ता भएका हुन् । १० किलोमिटर तल दुवै जनाको शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.