लुइसियाना टेक युनिभर्सिटीका २ नेपाली विद्यार्थीको सडक दुर्घटनामा निधन

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार १०:०७

काठमाडौं । लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ जना नेपाली विद्यार्थीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । अन्य २ जना अन्तर्राष्ट्रिय विद्यार्थी पनि सडक दुर्घटनामा परी घाइते भएका छन् ।

लुइसियाना राज्य प्रहरीले सवारी दुर्घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको शनिबार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परी ज्यान गुमेको हो ।

राज्य प्रहरीका अनुसार यादवले चलाइरहेको गाडीमा ओलीसहित अन्य २ जना यात्रु सवार थिए । सवारी युएस हाइवे ८० मा भारी वर्षाको क्रममा सडकबाट चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि कारमा आगो लागेको थियो ।

प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूले सिट बेल्ट लगाएका थिए कि थिएनन् भन्ने कुरा अझै स्पष्ट छैन ।

कारमा रहेका अन्य २ यात्रुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.